काठमाडौं ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पालाई डिल्लीबजार कारागार चलान गरिएको छ। काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार उनलाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरी कारागार पठाइएको हो।
बहुविवाह मुद्दामा अदालतले शेर्पालाई १ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। फैसला कार्यान्वयनका लागि उनलाई कारागारमा थुनामा राखिएको हो।











प्रतिक्रिया