काठमाडौं ।
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा सिराहा कल्याणपुर नगरपालिका–११ का २२ वर्षीय जीवन कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ। म्यासेन्जरमार्फत कुराकानी गर्ने क्रममा पीडितलाई ललाई–फकाई संवेदनशील अंग देखाउन लगाई अश्लील तस्बिर र भिडियो सङ्कलन गरी फेक फेसबुक एकाउन्टमा अपलोड गरेको उजुरीपछि उनलाई साइबर ब्यूरोको टोलीले सिराहाबाट पक्राउ गरेको हो।
साहविरुद्ध विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया