चियामा चिनीको सट्टा सखर प्रयोग गर्न सकिने

2.16k
Shares

काठमाडौं ।

अहिले चिसो विस्तारै बढ्दै छ । मौसम चिसो भएपछि तात्तातो चिया पिउन पनि मन गर्छ । चिया पिउन त पिउने तर, चिनी नराखेर पिउने । आजकल सुगरको रोगी बन्ने हो कि भन्ने डरले चियामा चिनी कम वा चिनी नै नराखेर पिउनेहरू बढ्न थालेका पनि छ । धेरै जसो रेस्टोरेन्टमा चिनी कम लिनेहरू आएको बताइएको छ ।

अब, चिनीविनाको चिया त मीठो कतै हुन्न । पहिलेदेखि नै चिनी चिया र दुध राखेर चिया पिउँदै आएका छन् । कतिले हरियो चिया, कतिले कालो चिया पिउने पनि गरेका छन् । तर, चियालाई स्वादिष्ट बनाउन त कुनै गुलियो चिज त पक्कै चाहिन्छ । यसको लागि कतिले चिनीको सट्टा सखर राखेर चिया पिउन सल्लाह दिएका छन् ।


चिनीको सट्टा सखर राखेर चिया पिएमा त्यसको मजा नै अलग रहेको बताउँछन् । सखर भएको चिया पिउँदा मीठो लाग्ने र शरीरको गर्मी पनि बनाइराख्छ । सखरले कहिलेकाहीँ दुध भएको चियामा बेस्वाद पनि बनाउँछ । यसको तरिका नमिलेमा सखरले दुध फाटिदिन्छ । यसले चियाको स्वादमा फरक पार्छ ।

यसको कारण एउटै हो कि सखर भएको चिया बनाउँदा दुध चिसो राख्नु हुँदैन । उमालेको तातो दुध नै मिसाएमा दुध फाटिँदैन । यसैले ध्यान रहोस् कि चिनीको सट्टा सखर राखेको छ भने दुध तातो नै राखेर चिया बनाउनुपर्छ ।