दोलखा ।
दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहण गर्न गएका मध्य ६ जनाको सकुशल उद्दार भएको जनाईएको छ । सोमवार विहान यलुङ रि हिमाल आरोहणको क्रममा हिमपहिरोमा परी ७ जनाको मृत्यु भएको थियो भने ४ जना बेपत्ता र ४ जना घाईते भएका थिए ।
बेपत्ता र घाईतेको उद्दारको लागि सोमवार दिउँसो ना गाँउमा हेलिकप्टर पुगेको भएपनि मौसमका कारण खोजि र उद्दारको काम हुन सकेको थिएन । सोमवार हेलिकप्टरले खोजि तथा उद्दारको लागि ना गाँउबाट केहि शेर्पाहरुलाई यलुङ रि हिमाल क्षेत्रमा पु¥याएको थियो ।
मंगलवार विहान बेपत्ता र घाईते मध्य ३ जना विदेशी र ३ जना नेपाली गरी ६ जनाको सकुशल उद्दार गरेर ना गाँउमा ल्याएको जानकारी प्राप्त भएको नेपाली सेनाको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताउनु भयो ।
गत कार्तिक ११ गते बिभिन्न समुहमा १५ जना नेपाली तथा विदेशीहरु आरोहणको लागि दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल तर्फ गएका थिए । सोमवार विहान ४ बजे बेसक्याम्पबाट आरोहणको लागि प्रस्थान गरेको उक्त टोलि विहान ८ बजेतिर यलुङ रि हिमालको चुचुरोमा पुग्ने क्रममा हिमपहिरोमा परेका थिए ।
बेपत्ताको खोजि र घाईतेको उद्दारको लागि सोमवार दिउँसोनै लामाबगरबाट नेपाली सेनाको ३५ जना, सशस्त्र प्रहरी बलको १० जना र नेपाल प्रहरीको ५ जनाको टोलि यलुङ रि हिमाल क्षेत्रमा गएको नेपाली सेनाको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।
तस्विरः यलुङ रि हिमाल











प्रतिक्रिया