काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधारका लागि सबै मन्त्रालयको ब्लुप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री र सचिवहरूलाई बोलाएर आयोजना गरिएको छलफलमा उहाँले सो निर्देशन दिनुभएको हो ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको नागरिकले अनुभूति गर्नेगरी सबै मन्त्रालयको ब्लुप्रिन्ट तयार पार्न प्रधानमन्त्री कार्कीले निर्देशन दिँदै भन्नुभयो– ‘गत भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस् ।’
कर्मचारीहरूलाई स्थायी सरकार भएको बताउँदै उहाँले आफ्नो ज्ञान, सीप र अनुभवको प्रयोग गर्दै कर्तव्य र उत्तरदायित्व पालनमा खरो उत्रन आग्रह गर्नुभयो । कर्मचारीहरूले नै अघि सारेका सुधार योजनाले आम नागरिकलाई छुन सक्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो । त्यस्तै, उहाँले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न पनि निर्देशन दिनुभयो । निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्नुपर्नेमा पनि उहा“को जोड रहेको छ ।











प्रतिक्रिया