मलद्वारमा लुकाएको ३३ एम्पुल लागुऔषधसहित २ जना पक्राउ

1.97k
Shares

उदयपुर। 

उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित बेल्टारमा रहेको इलाका प्रहरी कार्यालयको गस्तीमा खटिएको प्रहरीले चौदण्डीगढी नपा ४ हातिसार पैतालिस चोकबाट दुई जनालाई  मलद्धारमा लुकाएर ल्याएको प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी न.पा. वडा नं ०४ पैतालिस चोक स्थितमा पैदल हिडदै गरेका २ जना मानिसलाई चेकजाँच गर्ने क्रममा शंका लागि नगर अस्पताल चौदण्डीगढीमा लगि X-Ray  गरी हेर्दा मलद्वारमा Freezing गरी ल्याउँदै गरेको ३३ एम्पुल प्रतिबन्धित लागू औषधसहित २ जनालाई पक्राउ गरेको हो  ।

 चौदण्डीगढी न.पा. वडा नं ०७ बस्ने बर्ष २४ को पर्शुराम तिमल्सिनाले १५ एम्पुल र ऐ वडा नं. ६ बस्ने बर्ष २३ को बिकि भन्ने बिबेक राईले १८ एम्पुल प्रतिबन्धित लागू औषध मलद्वारमाFreezing  गरी ल्याउँदै गरेको अवस्थामा फेला पारी निजहरुलाई नियन्त्रणमा लिइएको हो ।

 निजहरुलFreezing  गरी ल्याएको लागूऔषध अस्पतालद्वारा सुरक्षित साथ निकालिएको साथै निजहरुलाई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।