कांग्रेस केन्द्रीय कार्यालयमा तालाबन्दी


काठमाडौँ।

कांग्रेस सुधार अभियान (अन्डर–४०)हरूले आइतबार नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्दै गेटमा तालाबन्दी गरेका छन् । प्रहरीको सुरक्षा घेरा बाक्लो भए पनि उक्त घेरा तोड्दै उनीहरू पार्टी मुख्यालयको गेटसम्म पुगेर तालाबन्दी गरेका हुन ।

नियमित महाधिवेशनको मिति तोक्नुपर्ने र युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसहित उनीहरूले नाराबाजी गरेका छन् ।

मुख्यालयको प्रवेशद्वार बन्द गरिएपछि अभियानका सदस्यहरू बाहिरै बसेर प्रदर्शन गरिरहेका छन्।

उनीहरूले ‘नियमित महाधिवेशन तुरुन्त गरियोस् , वर्तमान केन्द्रीय समिति विघटन गरियोस्’ तथा ‘आम कांग्रेसजनको आवाजलाई बेवास्ता नगरियोस् ’जस्ता नारा लगाएका छन्।