काठमाडौँ।
धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन साह लक्षित कटाक्ष गरेका छन् ।
काठमाडौंका मेयर साहले शनिबार राति लेखेको स्टाटसको आलोचना भइरहेका बेला धरान उपमहानगरका मेयर साम्पाङले आफूले त्यो शब्द लेखेको भए के हुन्थ्यो भन्दै सामाजिक सञ्जालमै प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, ‘मन पर्ने मान्छेको पादै मिठो ! मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेलाहोचो ! मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला ! अचेत जिन्दगीको जय होस् !’











प्रतिक्रिया