काठमाडौं ।
कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारीस्थित ग्रिन सिटी होटलमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको टोलीले ६८ वर्षीय अम्मर बुढासहित सात जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ७७ हजार १ सय ४५ रुपैयाँ र १२ बुक तास बरामद गरेको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया