बझाङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ


काठमाडौं ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–५ थलरा गाउँका १९ वर्षीय आनन्द धामीलाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको टोलीले धामीलाई शनिबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।