काठमाडौँ ।
भक्तपुरमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बिक्रम थापा (२७, काभ्रे), राम बहादुर तामाङ (३०, काभ्रे), लोकेन्द्र पुन (४३, रोल्पा) र राजु राई (४०, उदयपुर) रहेका छन्।
मध्यपुर ठिमी–९ निकोसेरा ढुङ्गेधारामा बस्ने ७६ वर्षीय पुरुषको घरमा झ्यालबाट पसेर उनीहरूले दाउराको चिरपटले प्रहार गरी घाइते बनाएको अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई समातेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया