काठमाडौं ।
महानगरपालिका प्रहरीले थापाथलीको ट्राफिक प्रहरी बीट भत्काउने भएको छ । कालमोचन परिसरमा रहेको सो बिट भत्काउन भोली महानगरप्रहरी बल प्रमुख राजुनाथ पाण्ड आफै उपस्थित हुने भएका छन् । सो क्षेत्रको न्य अवैध संसचना भत्काएपनि प्रहरी बिटको भवन भत्काएको थिएन ।
भोली अबैध भवन भत्काउनेछौ–कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले न्युज अफ नेपालसंग भन्नुभयो ।
उहाँका अनुसार सो क्षेत्रका बाँकी अन्य अबैध संरचनापनि भत्काउने तयारी भैरहेको छ । ‘अरु संरचना भत्काउने अनि प्रहरीको नभत्काउने ? भन्ने प्रश्न उठेपछि ट्राफिक प्रहरी बीट भत्काउन लागिएको हो’–कामपा प्रहरी प्रमुख पाण्डेले भन्नुभयो । भवन भत्काइने भएपछि ट्राफिक प्रहरीले बिटको सामानहरु अन्यत्र सार्ने तयारी गरेको छ ।
कामपा प्रमुख बालेन्द्र साह र गृहमन्त्री ओम प्रकाश अर्यालयको सम्बन्धमा दारार आएको बदलामा कामपा प्रहरीले गृहमन्त्रीसंग इबी साध्न ट्राफिक प्रहरी बिट भत्काउन लागिएको स्रोतको भनाई छ । बीट नभत्काउन प्रहरीले आग्रह गर्दाकामपाले इन्कार गरेको छ । स्रोत भन्छ–अबैध सबै भवन भत्काउन पर्ने , अनि प्रहरीको अबैध भवन भत्काउन नहुने ? कहाको नियम हो ।
कामपाले दुई वर्षैअघि फुटपाथ र सार्बजनिक जग्गामा निर्माण भएका केही बिट भत्काइसकेको छ , अब फेरी अबैध स्थानमा बनेका सबै संरचना भत्काउनेछौ–कामपा प्रहरी बल प्रमुख पाण्डेले भन्नुभयो ।











प्रतिक्रिया