काठमाडौँ ।
लगातारको वर्षाका कारण देशका तीन विमानस्थलमा शनिबार उडान स्थगित भएका छन्। बिहीबारदेखि जारी खराब मौसमका कारण भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको हो।
पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्हरूका अनुसार भोलिदेखि देशका अधिकांश भूभागमा मौसम क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ।











प्रतिक्रिया