भक्तपुरमा बैकिङ कसुरकी फरार प्रतिवादी पक्राउ


काठमाडौं ।

भक्तपुर प्रहरीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–७ घर भई हाल सूर्यविनायक नगरपालिका–८ दार्जेलिङ हाइट बस्ने ५० वर्षीया कल्पना तामाङ रहेका छन्।

उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि भक्तपुर प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ।