थानकोटमा आगजनी आरोपमा एक पक्राउ


काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरी चेकपोस्टमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ घर भएका ४४ वर्षीय किरण लामा रहेका छन्।

काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङ बस्दै आएका लामालाई फोटो र भिडियोको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। लामालाई हाल प्रहरी वृत्त थानकोटमा राखिएको छ।