काठमाडौँ ।
काठमाडौँबाट चोरी भएको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–४, हिमाल डेन्टल हस्पिटल अगाडि शुक्रबार ट्राफिक प्रहरीले मकवानपुरका ३२ वर्षीय सरोज लामा र दाङका १९ वर्षीय हरि मगरलाई नियन्त्रणमा लिएको हो।
उनीहरूले बा ६६ प ५६८३ नम्बरको चोरी मोटरसाइकल प्रयोग गरिरहेका थिए। उक्त मोटरसाइकल अविनाश पुजारीको थियो, जसले बूढानीलकण्ठ–११, लसुनटारबाट हराएको रिपोर्ट ट्राफिक प्रहरीमा दिएका थिए।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार, पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।











प्रतिक्रिया