अनलाइन सञ्चारमाध्यममा नयाँ शुल्क, सरोकारवालाको असन्तुष्टि

1.22k
Shares

काठमाडौँ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालनका लागि सञ्चार मन्त्रालयले मनोमानी ढङ्गले शुल्क तोकेको आरोप लगाइएको छ। मन्त्रालयले अनलाइन मिडिया दर्ताका लागि पाँच हजार रुपैयाँ र नवीकरणका लागि दुई हजार पाँच सय रुपैयाँ तोकेको छ।

यस विषयमा सरोकारवाला निकायसँग कुनै छलफल नगरी शुल्क निर्धारण गरिएको भन्दै पत्रकार महासंघका एक पदाधिकारीले आपत्ति जनाएका छन्। उनले अनलाइन सञ्चारमाध्यमसँग सम्बन्धित पक्षहरूलाई बेवास्ता गरी गरिएको निर्णय गलत भएको भन्दै यसबारे पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।