काठमाडौँ ।
गौरबाट काठमाडौँतर्फ गइरहेको यात्रुवाहक बस आज बिहान चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बल कार्यालय चितवनका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बस अनियन्त्रित भई सडकबाट तल खसेपछि दुर्घटना भएको हो। घाइते सबै यात्रुलाई तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको उनले जानकारी दिए।
“सौभाग्यवश कसैको अवस्था गम्भीर छैन,” थापाले भने, “तीनवटै अस्पतालमा उपचार भइरहेको छ र सबैको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी आएको छ।”
दुर्घटनाका कारण केही समय अबरुद्ध भएको नारायणगढ–पथलैयामार्ग अहिले पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ। बस दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।














प्रतिक्रिया