विद्युत् कटौतीको धर्ना कार्यक्रममा बोल्दा बोल्दै ढलेका जिफन्टका उपाध्यक्ष गौतमको निधन

4.89k
Shares

बुटवल।

रुपन्देहीका उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पु¥याईएकोमा त्यहाँ उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले पुष्टि गरेका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतम बुधवार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए । धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए ।

उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए । उनले श्रमिकहरूलाई गुमाउन नचाहेको बत्ताउँदा बताउँदै उनको बोली लरबरिएको थियो । “अतः यो कारणले‘‘‘” भन्दै गर्दा उनी ढले । उनी ढले लगत्तै उपचारको लागि उनलाई क्रिमशन अस्पताल पु¥याईएको थियो । जहाँ उनको मृत्यु भयो । अहिले क्रिमशन अस्पतालमा उद्योगी व्यवसायी सम्बद्ध संस्थाहरूका प्रतिनिधिहरू रहेका छन् ।