रसुवा ।
रसुवा जिल्ला को उतरगया गाउँपालिका ५ बेत्रावति वजारका स्थानियहरूले बारम्बार सुचना गरिरहदा पनि सम्वन्धित निकायहरूले चासो नदेखाएपछि कार्तिक १४ गते शुक्रबार विहान ६ वजे देखि नै अनिश्चितकालीन बेत्रावति वजार सडक अवरोध सहित रसुवा बन्द गर्ने स्थानियहरूले चेतावनी दिएका छन ।
बेत्रावति का स्थानिय शशी डङगोल का अनुसार हामी बेत्रावतिवासिहरूले आफ्नो मातहतका वडा,पालिका,पालिका अध्यक्ष,उपाध्यक्ष लगाएत जिल्ला प्रशासन कार्यालय रसुवा,सडक आयोजना कार्यालयमा आफ्नो जायज माग राखि नियमित भेटघाट र फोन मार्फत सुचना जानकारी सरसल्लाह राखिराखेका छौ र थियौ ,राज्यको माथिल्लो निकाय सर्बोच्च अदालतले समेत पिडित जनताको नाममा अन्तिम फैसला सुनाईरहदा गल्छि,त्रिशूली,मैलुङ,स्याफ्रुवेसि सडक आयोजना ले विभिन्न बाहानावाजि गर्दै समयमै जनताको नाममा तोकिएको मुआव्जा रकम दिन,सुचना निकाल्न किन आलटाल गरिराखेको छ र ६ वर्ष भईसक्यो वेत्रावतिवासि हरूले दिनहु सडकको धुलो खान बाध्य भईरहेको अवस्था भई रहेको छ ।र वारम्वार भनिरहदा पनि सुनुवाइ नभएपछि वाध्यताले १३ गते साझ ५ वजे सम्म पनि केही नभए रसुवा बन्द गर्छौ।
अर्का स्थानिय गणेश श्रेष्ठ वताउछन सम्बन्धित निकायले यस तर्फ समयमै सचेत रहि जनताको मागलाई सम्वोधन गर्दै बेत्रावतिबासिहरूको सडक मुआब्जा वितरण सम्वन्धि उतरगया गा,पा,जिल्ला प्रशासन कार्यालय,गल्छि त्रिशूली,मैलुङ,स्याफ्रुवेसि सडक आयोजनाको आधिकारिक सुचना सहितको जानकारी गराएनन आएन भने शुक्रबार विहान वाट नै रसुवा प्रवेशको मुख्य नाका बेत्रावति वजार मा सडक अवरोध सहित रसुवा बन्द गर्छौ











प्रतिक्रिया