काठमाडौं ।
देशभर अहिले पश्चिमी वायु, अरब सागरको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ ।
दिउँसो र राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा हुन सक्छ । उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी हिमपात र वर्षा समेत हुन सक्ने चेतावनी दिइएको छ ।











प्रतिक्रिया