बालुवाटारमा भित्र त्रिपक्षीय छलफल, बाहिर जेनजी युवा धर्नामा


काठमाडौँ।

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय छलफलमा जेनजी तथा जेनजी आन्दोलनका केही घाइते युवाहरुले आफूहरू पनि बैठकमा सहभागी हुन पाउनुपर्ने माग गर्दै बालुवाटार बाहिर धर्ना बसेका छन्।

बुधबार अपराह्नदेखि सरकार, राजनीति दल र जेनजी प्रतिनिधिबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ । त्रिपक्षीय बैठकमा जेनजीको तर्फबाट १३ जना प्रतिनिधि सहभागी छन् । तर, जेनजीकै एक समूह भने बैठकमा सहभागी हुन नपाएको भन्दै बालुवाटार बाहिर धर्नामा छन् ।