काठमाडौँ।
हिमपातको कारण म्याग्दीको धौलागिरी सर्किट हुँदै मुस्ताङ आउँदै गरेका पर्यटकको उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।
मुस्ताङ र म्याग्दीको सीमानामा फसेका ३ जना स्वदेशी र १२ जना विदेशी पर्यटक गरी १५ जना हिमपातको कारण फसेको भन्ने ट्राभल्स एजेन्सीद्धारा सुरक्षा निकायलाई जानकारी गराएपश्चात उनीहरुको उद्धारको लागि टोली खटिएको हो ।
उनीहरुको उद्धारको लागि त्यसठाउँमा पुग्न सुरक्षा टोली मुस्ताङ्गको सदरमुकामदेखि झन्डै एक दिन पैदल हिड्नुपर्ने बताइएको छ । उनीहरुको अवस्था भने अहिलेसम्म सामान्य रहेको बताइएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ्गले २ सय ५० जनाको निःशुल्क परिक्षण गरेको छ । जसमा ९० जना महिला र ६० जना पुरुषको अक्सिजन लेभल र ६० जना महिला र ४० जना पुरुषको रक्तचाप परीक्षण गरिएको हो । उनीहरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको हो ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङ्ले हिउँको कारण माथिल्लो मनाङदेखि थाङसासम्मको करिब ८ किलोमिटर अवरुद्ध बाटो हिउँ पन्छाई सुचारु गरेको छ ।











प्रतिक्रिया