काठमाडौं ।
नेपालमा क्यान्सरबिरुद्धको सचेतना जगाउने उद्देश्यसहित साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकार्यमा ‘साइकल फर क्यान्सर अवेयरनेस यात्रा–२०२६’ आयोजना गर्ने भएको छ । सन् २०२६ जनवरी १ देखि सुरु हुने यो बृहत् यात्रा पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग हुँदै पाँचथरको चिवाभञ्ज्याङबाट आरम्भ भई बैतडीको झुलाघाटमा पुगेर समाप्त हुनेछ ।
करीब १८०० किलोमिटर दूरी र ५२ हजार मिटर उचाइ पार गर्दै एक महिनासम्म चल्ने यो यात्रा नेपालकै सबैभन्दा लामो सचेतनामूलक साइकल अभियानको रूपमा हेरिएको छ । यात्रामा स्वास्थ्य परीक्षण, जनचेतनामूलक कार्यक्रम, र क्यान्सर पीडित सहयोग अभियान सञ्चालन गरिने बताइएको छ ।
यो अभियानमा क्यान्सरसँग लड्दै आएका हर्क लामाको नेतृत्व रहने धुलिखेल अस्पतालमा बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस ऐतिहासिक यात्राको नेतृत्व क्यान्सरसँग संघर्षरत साइक्लिस्ट हर्क लामाले गर्ने भएका छन् । सन् २०२० मा उनको पिसाव थैलीमा क्यान्सर देखिएपछि धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा पनि उनले साइकलप्रतिको आफ्नो लगाव र अनुशासनलाई निरन्तरता दिएका थिए ।
हर्क लामाले रोगसँग जुध्दै पनि साइक्लिङका धेरै उपलब्धि हासिल गरेका छन् । उनले अफ्रिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय साइकल प्रतियोगिता ‘ऋबउभ भ्उष्अ २०२५’ मा सहभागिता जनाएका थिए । सन् २०१६ देखि लगातार साइकल प्रतियोगितामा सक्रिय रहेका लामाले थ्बप ब्ततबअप लगायतका उच्च हिमाली साहसिक साइकल प्रतियोगितामा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएका छन् ।
लामाले भने, “क्यान्सरले शरीरमा घाउ बनाउँछ, तर इच्छाशक्ति मरेन भने जीवन अझ शक्तिशाली बन्छ । म यो यात्रामार्फत त्यो सन्देश सबैसम्म पु¥याउन चाहन्छु ।” त्यस्तै स्तन क्यान्सर विजेता कविता चित्रकार पनि लामासँगै यात्रामा सहभागी हुँदैछिन् । उनले अघिल्लो वर्ष थ्बप ब्ततबअप–२०२५ अन्तर्गत अन्नपूर्ण सर्किटको थोरोङ्ला पास पार गर्दै नेपाली महिला साइक्लिस्ट समुदायमा विशेष पहिचान बनाएकी थिइन् ।
कविता भन्छिन्, “म क्यान्सरको अन्तिम चरणमा पुगेर पनि साइकलको सहाराले फेरि बाँच्न सिकेँ । अब म चाहन्छु, मेरो अनुभवले अरूलाई बाँच्ने साहस मिलोस् ।” कविताका अनुसार उनको उपचारका क्रममा चिकित्सकहरू पनि उनको मानसिक दृढता र जीवनप्रतिको सकारात्मक दृष्टिकोणबाट प्रेरित भएका थिए । कविता र लामाको यो संयुक्त प्रयास नेपालमा ‘क्यान्सरपछि पनि सक्रिय जीवन सम्भव छ’ भन्ने सन्देश फैलाउने अभियानको रूपमा हेरिएको छ ।
साइकल यात्राको क्रममा मेचीदेखि महाकालीसम्मका स्थानीय संघसंस्था, साइकल समूह र समुदायहरूले सहभागीहरूलाई स्वागत र सहयोग गर्ने तयारी गरिरहेका छन्। यात्रा अवधिभर सार्वजनिक सचेतना सभा, स्वास्थ्य परीक्षण, विद्यालयस्तरीय सन्देश कार्यक्रम, र मुष्ठीदान अभियान सञ्चालन गरिनेछ ।
साइकल यात्राबाट संकलित सम्पूर्ण रकम क्यान्सर बिरामी सहयोग कोष स्थापनाका लागि धुलिखेल अस्पताललाई हस्तान्तरण गरिनेछ । साइकल कल्चर कम्युनिटीका संयोजकले भने, “हामी यो यात्रालाई उत्सव र जनअभियान दुवै बनाउने लक्ष्यमा छौं । क्यान्सरसँग लड्ने हरेक नेपालीका लागि यो यात्रा प्रेरणाको स्रोत हुनेछ ।”
स्वास्थ्य तथ्यांकअनुसार नेपालमा हरेक वर्ष २२ हजारभन्दा बढी नयाँ क्यान्सरका बिरामी थपिन्छन् र करिब १५ हजार जनाको मृत्यु क्यान्सरकै कारण हुन्छ । विशेषज्ञहरूका अनुसार समयमै पहिचान र उपचार सम्भव भए पनि उपचार खर्च, स्वास्थ्य पूर्वाधारको कमी र पहुँच अभावले धेरै बिरामी उपचारबाट वञ्चित भइरहेका छन् । यस अवस्थालाई दृष्टिगत गर्दै, यो साइकल यात्रा क्यान्सर रोकथाम र उपचारप्रति नीतिगत ध्यानाकर्षण गराउने एउटा सशक्त कदम बन्ने अपेक्षा गरिएको छ ।
यो यात्रा केवल खेलकुद होइन, जीवनप्रतिको आस्था, इच्छाशक्ति र स्वास्थ्य सचेतनाको अभियान हो । हर्क लामा र कविता चित्रकार जस्ता व्यक्तित्वले जीवनका कठिन क्षणलाई साइक्लिङमार्फत अवसरमा रूपान्तरण गरेर देखाएका छन् ।“क्यान्सर अन्त होइन, नयाँ यात्राको सुरुवात हो ।” नेपालका लागि यो यात्रा सकारात्मक जीवनशैली, स्वस्थ समाज र सहानुभूतिपूर्ण नागरिकताको नयाँ प्रतीक बन्ने अपेक्षा गरिएको छ । साइकल यात्राबाट संकलित रकम क्यान्सर उपचार र सहयोगका लागि धुलिखेल अस्पताललाई हस्तान्तरण गरिने जानकारी गराईयो ।











प्रतिक्रिया