सोलुखुम्बुमा अचेत भएका डेनमार्कका नागरिकको हेलिकप्टरबाट उद्धार


काठमाडौँ।

सोलुखुम्बु भ्रमणका क्रममा अस्वस्थ भई अचेत भएका एक डेनमार्कका नागरिकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

नाम्चे बजारस्थित सामुदायिक अस्पतालमा उपचाररत ती नागरिकलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको सेनाले जनाएको छ।