काठमाडौँ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । अध्यक्ष ओलीले कात्तिक १५ गते आफ्नै निवास गुण्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान गरेका हुन् ।
सचिवालय बैठकले आगामी महाधिवेशनका लागि प्रतिनिधि चयन लगायतको कार्यतालिका तयार पार्ने र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
एमालेले पोखरामा मंसिर २७, २८, २९ गते ११ औं महाधिवेशन गर्दैछ। यसअघि बसेको केन्द्रीय कमिटीको १० औं बैठकले महाधिवेशनको टुंगो लगाएको हो।











प्रतिक्रिया