रसुवा ।
हिमालि जिल्ला रसुवामा हत्का,मध्यम वर्षा संगै हिमपातको सम्भावना रहेकाले रसुवा जिल्ला प्रशासन कार्यालय ले उच्च सर्तकता अपनाउन जिल्ला वासिहरूमा आग्रह गरेका छन ।
जिल्ला विपद व्यवस्थापन समिति का अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी राजेश पन्थि का अनुसार जल तथा मौसम विज्ञान विभाग बाट कार्तिक १० गते जारि मौसम सम्वन्धि सुचना अनुसार कार्तिक ११ गते सुचना जारि गर्दै रसुवा जिल्लाको केही स्थानमा हत्का र मध्यम वर्षा हुने र हिमालि भुभागमा हिमपात हुने सम्भावना रहेकाले स्वदेशि तथा विदेशि पर्यटकलाई उच्च सर्तकता अपनाउन गरिएको छ ।
प्रजिअ पन्थि भन्छन पदयात्रा मा निस्कनु अधि मौसम सम्वन्धि पुर्व सुचना एवम जानकारी लिई यात्रा गर्नु र पदयात्रामा कुनै विपद जन्य घटना भईहालेमा सम्वन्धित स्थानिय तह,स्थानिय जनप्रतिनिधि र नजिकै को सुरक्षा ईकाई तथा स्थानिय प्रशासन लाई जानकारी गराई सम्पर्क का लागि जिल्ला आपतकालीन कार्य सन्चालन केन्द्र को फोन नम्बर म्भयअ ०१०५४००१९ र ९८४००९६६७९ मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।












प्रतिक्रिया