रसुवा।
रसुवाका युवाहरूले रसुवावासीका नाममा मात्रै प्रवेश पास वितरण गरिनुपर्ने र बाहिरी जिल्लाका मानिसहरूलाई आर्थिक लोभका कारण फर्जी रूपमा पास वितरण भएकाे भन्दै विराेध जनाउदै जिल्ला प्रशासन कार्यालय रसुवा र गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर २ को कार्यालय टिमुरे तथा अध्यागमन कार्यालयमा अैापचारिक रूपमा नै ज्ञापनपत्र बुझाएका छन् ।
युवाहरूले यस्तो कार्य गर्न कसैलाइ छुट नभएको र यस्ताे कार्यले कानुनी मापदण्ड मात्र उल्लङ्घन गरेका छैनन् सीमा सुरक्षा स्थानीय विश्वास र राष्ट्रिय छविमाथि समेत असर पारेको भन्दै फर्जी पास निर्माण र वितरण मा संलग्न व्यक्ति हरूकाे छानबिन गरी कडाइका साथ कारबाही गर्न माग गरेका छन् ।
युवा प्रकाश लामाका अनुसार पहिले वितरण गरिएका सबै पुराना पास खारेज गरी प्रविधि मैत्री ई-पास प्रणाली तत्काल लागू गर्न र रसुवावासिका लागि मात्र प्रवेश पास जारी गर्न जोड दार माग गरिएको बताए । याे आन्दाेलन कुनै राजनीतिक उद्देश्यका लागि होइन,स्थानीयको हक अधिकार र पारदर्शी प्रशासनिक प्रणालीको संरक्षणका लागि उनले बताए ।











प्रतिक्रिया