राजदूत फिर्ता गर्नुको कारण पेस गर्न आदेश


काठमाडौं।

सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरू फिर्ता गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको जिकिरसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका राजदूतलाई २० कात्तिकसम्म फिर्ता हुन निर्देशन दिएको थियो । चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाइएको थियो ।