काठमाडौं।
सर्वोच्च अदालत प्रशासनले जेन–जी आन्दोलनको क्रममा अदालतमा आगजनी गर्नेहरूलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने तयारी अघि बढाएको छ ।
आगजनीमा संलग्न हुनेलाई कुनै छुट दिन नहुने भन्दै अदालत प्रशासनले एक÷दुई दिनमै जाहेरी दिने तयारी गरेको हो । सर्वोच्च अदालतका अनुसार न्यायालयमा तोडफोड र आगजनी गर्नेमाथि कारबाही हुनुपर्ने भन्दै जाहेरी दिने तयारी गरिरहेको छ । अदालतमा अहिले त्यसबारेमा छलफल चलिरहेको बताइएको छ ।
जेन–जी आन्दोलनका क्रममा आगजनी हुँदा संसद् भवनदेखि, सर्वोच्च अदालत, सिंहदरबारलगायतका महत्वपूर्ण सरकारी तथा निजी संरचनाहरू ध्वस्त भएका थिए । ती संरचना जलाउँदा विभिन्न रसायन प्रयोग भएको आशंका गरिएको छ ।
सरकारले आगजनी र तोडफोड भएका संरचनाहरूमा सरसफाइ र पुनर्निर्माणका काम जारी राखेको छ । तर, मुचुल्का र प्रमाण संकलनविना सरसफाइ र पुनर्निर्माणका कामले घटनाको यथार्थ पत्ता नलाग्ने र दोषी उम्किनसक्ने जोखिम रहेको जानकारहरू बताउँछन् । सर्वोच्च प्रशासन पनि आगजनीको फरेन्सिक जाँच हुनुपर्ने अडानमा छ ।











प्रतिक्रिया