काठमाडौं ।
नेपाल नर्सिङ संघले निजी, सरकारी तथा शिक्षण अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीको न्युनतम तलब सुविधा नेपाल सरकारले तोकेअनुसार तत्काल लागू गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संघका अनुसार १५ बुँदे मागपत्र सहित २०८२ कात्तिक २ गतेदेखि चरणबद्ध आन्दोलन सञ्चालन हुनेछ।
आन्दोलनको क्रममा कात्तिक ४ देखि ११ गतेसम्म देशभरका अस्पताल तथा स्वास्थ्य शिक्षण संस्थामा नर्सहरूले कालो पट्टी बाँधेर काम गर्नेछन्। कात्तिक १२ देखि १८ गतेसम्म भने बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवा (ICU, CCU, Dialysis, Emergency OT) बाहेकका नर्सिङ सेवा बन्द गरिनेछ।
महासचिव डा. देवका कुमारी आचार्य र अध्यक्ष प्रा. चन्द्रकला शर्माको हस्ताक्षरमा जारी वक्तव्यमा संघले सबै अस्पताल, नर्सिङ क्याम्पस तथा संस्थाहरुलाई आन्दोलनमा सहयोग र सहजीकरण गर्न आग्रह गरेको छ। संघले आन्दोलनका आगामी कार्यक्रम मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन अनुसार तय गर्ने जनाएको छ।











प्रतिक्रिया