काठमाडौँ।
जेनजी आन्दोलका क्रममा महाराजगन्जमा प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा प्रहरीले २१ वर्षीय सोम गुरुङ, २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, १७ वर्षीय सुमित तितुङ र १६ वर्षीय दीपक मगरलाई पक्राउ गरेको हो ।
उनीहरुले कुटपिट गरेर असई राय र जवान थापाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
प्रहरीको हत्यामा पक्राउ परेकाहरू विरुद्ध अनुसन्धान सकेर पूरक अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ । पक्राउ परेका सबैलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया