हुम्ला ।
हुम्लाको नाम्खा गाउँपालिका लिमी भ्याली जाने पदमार्गको न्यालुपास समुद्री सतहबाट ५ हजार १० मिटर उचाइमा लिमी र केर्मिको न्यालुपास सिमाना हो । हरेक वर्ष पवित्र धार्मिक कैलाश मानसरोवर लिमीलाप्चाबाटै दूरदर्शन र लिमीमा रहेको धार्मिक १२०० वर्षको पुरानो हल्जी गुम्बा, पर्यटन क्षेत्र, हिमचुतुवा, नावर, वन चांैरीलगायतका हिमाली जनावर हेर्नलाई संसारका विदेशी तथा आन्तरिक पर्यटक आउने गरेका छन् । सडक सञ्जाल विस्तार भएपछि लिमी उपत्याकामा लिमी पदमार्गको यात्रा गर्ने सिमकोटबाट तीन दिनमै पूरा हुन्छ भने न्यालुपाससम्म जानलाई एक दिनमात्र कैलाश मानसरोवर दूरर्दशन गरेर सिमकोटमै फिर्ता गर्न सकिन्छ ।
हरेक वर्ष विदेशीहरू धार्मिक, पर्यटक, अध्ययनको लागि हुम्लाको लिमी भ्याली रोजाइमा परेको हुन्छ । न्यालुपास हुँदै ऐतिहासिक हल्जी गुम्बा, रमणीय पर्यटकीय क्षेत्र, पृथ्वीमा लोप हुँदै गएको हिमचुतुवालगायतका हिमालमा पाइने वन चौंरी र धार्मिक हिसाबले कैलाश मानसरोवर दूरर्दशन गर्न विश्वभरबाट पर्यटक हुम्लामा आउँछन् । कैलाश मानसरोवर दर्शनको लागि हुम्लामै छोटो बाटो तीन दिनभित्र घुमेर आउन सकिन्छ । पछिल्लो समयमा आन्तरिक पर्यटकको पनि लिमी लाप्चा कैलाश मानसरोवर दर्शन गर्नका लागि घुइँचो लाग्न थालेको छ ।
हुम्लाको सदरमुकाम सिमकोटदेखि लिमी लाप्चा पदयात्रा मार्ग, केर्मिगाउँस्थित सल्ली खोला हुँदै छुँउस, सेलिमान ताल, न्यालुपास भेटिन्छ । सिमकोटबाट बिहान ७ बजेदेखि बोलोरोजिप बाट यात्रा ग¥यो भने नाम्खा गाउँपालिका हुँदै केर्मिगाउँको सल्लीखोला, छुँउसखोला बिहानको खाना हुन्छ । छुँउस खोलादेखि रमणीय सेलिमान ताल नजिकैरहेका हिमशृंखला हेदार्हेर्दै न्यालुपास हुँदै लिमीको टाक्ची चौउरमा पुगेपछि कैलाश मानसरोवर दूरर्दशनको पदयात्रा सुरु हुन्छ । तर, लिमी लाप्चा नपुगेरै एक दिनमै न्यालु लेकबाट कैलाश मानसरोवर दर्शन गर्न सजिलो भएको तिब्बतियन होटलका सञ्चालक नामग्याल तामाङ बताउनुहुन्छ ।
भारतीय मूलका धार्मिक तीर्थयात्री आएपछि चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जान नसक्ने र नेपाली भूमिबाट भए पनि दर्शन गर्ने सजिलो स्थान खोजीमा रहेका होटल सञ्चालक तामाङ भने हुम्लाको न्यालुपासबाट कैलाश मानसरोवर दर्शनको लागि सजिलो स्थान भएको बताउनुहुन्छ । नेपालको छोटो दूरी एक दिनमै नेपाली भूमि कैलाश मानसरोवर दूरदर्शन गर्नका लागि सहज स्थान समुद्री सतहदेखि ५ हजार ३ सय मिटर न्यालुपासभन्दा एक घण्टा पैदल हिँडेर पुग्न सकिन्छ ।
यो न्यालु लेक आन्तरिक तथा बाह्य पर्यटक तथा धार्मिक पर्यटक कैलाश मानसरोवर दूरर्दशनका लागि नेपालकै भूमिबाट कैलाश मानसरोवर दूरर्दशनको लागि ऐतिहासिक नयाँ स्थान भेटिएको छ । आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरू न्यालु लेक र लिमीलाप्चामा पुगेसँगै कैलाश मानसरोवर दर्शनका लागि सजह भएको पाइन्छ । स्वदेशी तथा विदेशी पर्यटकहरू विश्वभरबाट यहाँ घुम्ने आउने गरेको सिमकोटस्थित तिब्बतियन होटलका सञ्चालनक तामाङले जानकारी गराउनुभयो । हुम्लामा सडक सञ्जाल जोडिएपछि पछिल्लो समय आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको तामाङ बताउनुभयो ।
पहिला हप्तौं दिन लाग्थ्यो लिमी लाप्चा पदयात्रा गर्न र उत्तरी चीनको तिब्बतस्थती ताक्लाकोटमा रहेको कैलाश मानसरोवर दर्शन गर्न त्यहाँको सरकाले नेपालीलगायतलाई परमिट नदिएपछि नेपाली भूमिमै लिमीलाप्चा न्यालुपासमा सडक सञ्जालले जोडिएपछि लिमीलाप्चा तीन दिन, न्यालुपास एक दिनमै दूरदर्शन गर्ने समय छोटो भएकोे छ । चीन सरकारबाट भिसा पाएपछि नेपाली तथा बाह्य धार्मिक पर्यटकहरू कैलाश मानसरोवर दर्शन गर्न जान्छन् भने भिसा नपाएका नेपाली भूमिबाटै दर्शन गर्न सजिलो र छोटो दूरी जाने गरेको पाइन्छ ।











प्रतिक्रिया