माइतीघरमा प्रदर्शन गर्न गएका जेनजी पक्राउ


काठमाडौँ।

काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न गएक ५० जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रशासनको अनुमतिबिना माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले नियन्त्रणमा लिएको हो।

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ। नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन्।