राजनीतिदल र नेपाली जनताबीच दूरी बढ्दै 

"ओली-प्रचण्डभन्दा देउवाको क्रेज जनमानसमा बढी "

11.09k
Shares

बझाङ। 

गत भदाै २३/२४ गते देशमा खतरनाक दण्द चल्याे सिनियर नेताकाे कार्यप्रति जेन-जी पुस्ता आर्जित हुन खोज्थ्यो। जेन-जी पुस्ताको शान्तिपूर्ण आन्दाेलनले देशलाई सुखशान्ति र समृद्धिको पाेल्टाे फेर्ने थियो । यही  बिचमा जेन-जी पुस्ताको साेचभन्दा माथि गयाे । पुर्खाका इतिहास जले,खरबाैंकाे क्षति भयो,राष्ट्रनिर्माता युवा ढले राष्ट्रले ठुलाे क्षति व्यहाेर्नु पर्याे ।

 “एक सामाजिक एपस फेसबुक”नियन्त्रण गर्ने सरकारकाे निर्णयप्रति आक्राेस पाेखे । भन्ने गर्छन् नि हामी नेपाली “फ्रि मा खान पाए चार मान चुक खाई दिन्छन् ” आन्दाेलनकाे लक्ष उद्देश्य एक थियो तर, घुसपैठले देश एक पुस्ता पछाडि दर्दनाक अस्थामा गयाे । यही  घटनाक्रममा विभिन्न राजनीतिक दलका नेताका घर जलायाे सम्पत्ति खरानी बनायाे । नेतालाई अमानवीय ब्यावहार देखाईयाे । यही  बिचमा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी पूर्व परराष्ट्र मन्त्री डा.आरजुराणा देउवामाथि पनि संघातिक आक्रमण भई घाईते भए । 

त्याे जेन-जी पुस्ताको आन्दाेलन पश्चात दलका नेता कार्यकर्ताका विभिन्न तर्क बितर्क आए । यसवेला देउवा मौन बसे र उपचारसैगसंगै परिस्थितिलाई नजिकबाट निहाले महिना दिनकाे उपचारपछि …महिना .. गते नेपाली काँग्रेसकाे केन्द्रीय कार्यसमितिकाे बैठ्कमा सहभागी भई देश र पार्टीलाई सहज हुने आफ्नाे लिखित मन्तब्य प्रस्तुत गरे । गाउँदेखि जिल्लासम्म सानाेदेखि ठुलाेसम्म सामाजिक संजालदेखि चिया चाैकाेसम्म अन्य दलका नेता भन्दा बढी  श्रद्धा र सम्मान जनताले शिराेपरी गरेर समीक्षा गरेकाे सुन्न र देखन पाईयाे । आन्दाेलनपछि बरबरी बरवराई रहेका ओली -प्रचण्ड भन्दा मौन र भद्रता  देखाएका देउवा ठीक भन्नेको जनमासमा जमात छ । देउवाको विगत वर्तमान र भविष्यको पनि चर्चा चलिरहेको छ । 
नेपालमा लोकतन्त्र स्थापना भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि राजनीतिक दल र आम जनताबीचको दूरी घट्ने सट्टा झन् बढ्दै गएको देखिन्छ।

 दलहरू आन्तरिक विवाद र सत्ताको गणितमा अल्झिँदा

सामाजिक सञ्जालदेखि स्थानीय चोक–चौतारासम्म जनतामा राजनीतिक दलप्रतिको असन्तुष्टि खुलेर व्यक्त हुन थालेको छ। “दलहरू जनताको सेवा होइन, सत्ताको सौदाबाजीमा व्यस्त छन्,” भन्छिन् बझाङ चैनपुरकि एक  नागरिक रन्जना कठायत “हामीले चुनावमा दिएको मतको सम्मान हुन सकेको छैन।

”विश्लेषकहरूका अनुसार लोकतन्त्रको स्थायित्वका लागि दल र जनताबीचको सम्बन्ध विश्वास र जवाफदेहितामा आधारित हुनुपर्छ। “राजनीतिक दलहरू जनताको मुद्दा बोकेर नीतिगत सुधारमा लाग्नुको सट्टा नेतृत्वको प्रतिस्पर्धामा समय खर्च गरिरहेका छन्,। यसले लोकतान्त्रिक संस्कृतिमा नकारात्मक असर पारिरहेको छ।”नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत ठूला दलहरूले तल्लो तहमा संगठन सुदृढीकरण र जनसम्पर्क अभियान सुरु गरे पनि परिणाम देखिन सकेको छैन। स्थानीय तहमा युवाहरू दलप्रति आकर्षित हुनुभन्दा पनि स्वतन्त्र उम्मेदवारी र नागरिक आन्दोलनतर्फ झुक्दै गएका छन्।

यता दलका नेताहरू भने जनतामाझ पुनः विश्वास हासिल गर्न प्रयास भइरहेको बताउँछन्। “हामीले गल्तीहरू आत्मसात् गर्दै जनमुखी कार्यक्रम अघि बढाइरहेका छौं,” एक नेता ले बताए, “दल र जनताबीचको सम्बन्ध सुधार हाम्रो प्राथमिकता हो।”

राजनीतिक विश्लेषकहरू भन्छन्, जनताको विश्वास पुनः आर्जन गर्न दलहरूले पारदर्शिता, इमानदार नेतृत्व र नतिजामुखी कार्यशैली अपनाउनुपर्नेछ। जनताले पनि मत दिने मात्र होइन, जवाफ माग्ने संस्कृतिलाई सुदृढ गर्न जरुरी छ। नेपालको लोकतन्त्रलाई बलियो बनाउने काम दल र जनताले सँगसँगै गर्नुपर्ने सर्वसम्मति सबै पक्षबीच देखिएको छ।