काठमाडौँ।
निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको कागजात अध्ययन गरिरहेको छ ।आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएका थिए।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रक्रिया पुग्नेहरुको आवेदन स्वीकृत हुनेछ।
निर्वाचन घोषणापछि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी, गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टी,
अधिवक्ता डा. सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टी,दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी, हिराप्रसाद सोती नेतृत्वको राष्ट्रिय जेनजी पार्टी नेपालले दल दर्ताको लागि निवेदन दिएका थिए।
यसैगरी आयोगमा निर्वाचन घोषणापूर्व दर्ताको निवेदन प्राप्त भएका १० दलको कागजात नपुगेकाले स्वीकृति नदिइएको उनको भनाइ छ ।
त्यसमा उज्यालो नेपाल, राष्ट्रिय परिवर्तन पार्टीलगायत छन् । आयोगले कागजात पुगेकाको हकमा दर्ताको निवेदन दिएको ४५ दिनभित्र निर्णय दिने गरेको छ । आयोगमा यसअघि १२२ दल दर्ता भएकामा यसबिचमा दुई दल विभाजन भई १२४ दल पुगेका छन् ।
यसै बीच निर्बाचन आयोगले फागुन २१ को प्रतिनिधिसभा निर्बाचनमा साढे ७ अर्ब रुपियाँ खर्च लाग्ने अनुमानसहितको बजेट तयार परेको छ। बजेटको अन्तिम टुंगो हुन बाँकी छ।











प्रतिक्रिया