तारकेश्वरको चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौँ।

काठमाडौँको तारकेश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका अमित पुतुवारको उपचारको क्रममा मृत्यु भएको छ.।

तार्केश्वर नगरपालिका पुसल बस्ने २६ वर्षीय पुतुवारको स्थानीय सिटी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान करिब ३ः४५ बजे तार्केश्वर–३ चिसापानीस्थित सडक खण्डअन्तर्गतको तीनपिप्लेबाट धर्मस्थलीतर्फ आउदै गरेको बा।प्र।०२–०५३ प ९६७९ नम्बरको बाइक अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर गम्भीर घाइते भएका चालक पुतुवारको सिटी अस्पताल तार्केश्वरमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका–३ का २० वर्षीय समिर पुतुवार घाइते भएको र उनको थप उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।