बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको  घुइँचो 


काठमाडौँ।

काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज बिहानैदेखि भाईटीका लगाउनेको घुँइचो लागेको छ । बिहीवार बिहानैदेखि मन्दिरमा दिदी–बहिनी नहुनेहरुलाई भाईटीका लगाउन शुरु गरिएको हो ।

दिदी–बहिनी एवं दाजुभाई नहुनेहरु भाईटीकाको दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला गरिएको छ।

भाइटीकाको शुभसाहीत बिहान ११ :३९ बजे भए पनि बालगोपालेश्वर मन्दिरमा आज बिहानैदेखि भाइटीका लगाउनेको घुँइचो लागेको छ।