मितेरी पुल पुन:निर्माणको अन्तिम चरणमा 

2.16k
Shares

रसुवा। 

गत असार २४ गते चिन तर्फको ल्हेन्दे खाेला हुँदै आएको बाढीले  नेपाल चिन जाेडने मितेरी पुल बगाएको थियाे र उक्त ठाउँमा बनिरहेको मितेरी पुलकाे पुन: निर्माण अन्तिम चरणमा पुगेकाे छ ।

चिन सरकारकाे आर्थिक तथा प्राविधिक सहयाेगमा निर्माण भइरहेको वेलिवृजका लागि सम्बन्धित पार्टपुर्जा जाेडने र पिलर उठाउने काम  भइरहेको उक्त स्थानमा रहेको पक्की माेटाेरेवल पुल बढीले  बगाएपछि चीन सरकारले साे पुल निर्माणको पुन निर्माणमा सहयाेग गरेको हो ।

उक्त पुल निर्माण हुँदा  साथ चिनियाँ सामग्री आयात हुने भएका कारण आयातित सामाग्रीकाे छिटाे भन्दा छिटाे भन्सार  प्रकृया पूरा गर्न कर्मचारीहरू तयार रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए  ।

कामकाे प्रकृति हेर्दा तीव्र रूपमा काम भइरहेको छ ।यहिँ  कार्तिक १५ गते सम्म  मितेरी पुल सञ्चालनमा आउन सक्ने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थी बताउँछन्  । उनले भने सिमाक्षेत्रका  समकक्षी चिनियाँ मित्रहरूले सन्चालन को आधिकारिक जानकारी नदिएको बताए । बेलिव्रिजका बिचमा पिलर राखी थप बलियो  बनाउने काम अगाडि बढेको देख्दा व्यापार व्यवसायमा केही  राहत मिल्ने आशा जागेको व्यवसायी पुरूषाेतम पाैडेल बताउँछन्।