रौतहटमा यात्रुवाहक बसमा आगलागी, मानवीय क्षति नभएको पुष्टि

3.67k
Shares

रौतहट। 

रौतहटको चन्द्रपुर नगरपालिका–४ पश्चिम लच्का नजिक बुधवार बिहान एक यात्रुवाहक बसमा आगलागी हुँदा  जलेर पूर्णरूपमा नष्ट भएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार काठमाडौँबाट चन्द्रपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भएर आगलागी भएको हो। 

 नेपाल प्रहरी सशस्त्र  प्रहरी ट्राफिक प्रहरी र  बारुण यन्त्रको सहयोगमा बसमा लागेकोआगो नियन्त्रणमा लिइरहँदा भने बस पूर्णरुपमा जलिसकेको थियो।  

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुप लाबुङका अनुसार आगलागीबाट मानवीय क्षति नभए पनि बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अनुसार बसमा करिब ३५ लाख रुपैयाँबराबरको क्षति पुगेको छ।

घटना स्थल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट करिब ३ किलोमिटर पश्चिम रहेको बताइएको छ।