ककनी।
नुवाकोटको ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज बिहान आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। बलराम बलामीको घरबाट सुरु भएको आगो जोडिएको घरमा पनि फैलिएको थियो। आगलागीमा नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा करिब एक करोड बराबरको धनसम्पत्ति क्षति भएको अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विद्युत् गडबढका कारण आगलागी हुँदा नगद १० लाखसहित र २५ लाख बराबरको सुनचाँदीको गरगहना, १८ लाख बराबरको अन्नबाली र भाँडावर्तनसहित ढुङ्गामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ।
घरबासविहीन भएका पीडित परिवारलाई ककनी गाउँपालिकाले तत्कालका लागि अस्थायी संरचनाको निर्माण गरेर बस्ने प्रबन्ध मिलाएको छ।











प्रतिक्रिया