काठमाडौँ।
इजरायलमा मारिएका विपिन जोशीको मङ्गलबार अन्त्येष्टि गरिएको छ । कञ्चनपुरस्थित महाकाली नदी किनारको भुजेलाघाटमा राष्ट्रिय सम्मानका साथ चितामा दागबत्ती दिएर शवको अन्त्येष्टि गरिएको हो। विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।
इजरायलबाट सोमबार काठमाडौं हुँदै नेपाली सेनाको स्काइ ट्रकबाट भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको थियो ।
विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए । राति अबेर घरमा शव ल्याइपु¥याइएकाले आज बिहान शवयात्रासहित महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गरिएको हो ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।











प्रतिक्रिया