काठमाडौं।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा नौ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, सोमबार राति करिब ११ः३० बजे गोप्य सूचनाको आधारमा गरिएको छापामार कार्यवाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा रिसोर्टका सञ्चालक राकेश श्रेष्ठ, सुजन श्रेष्ठ, विकास श्रेष्ठ, शुनिल श्रेष्ठ, सुरज राना, नामगेल भोलान, रामशंकर पराजुली, जितेन्द्र तामाङ र जयकुमार श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) निर्मल पनेरू र प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक (प्र.नि.) नारायण सिंह विष्टको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले २ लाख ३१ हजार नगद र १६ बुक तास बरामद गरेको जनाएको छ।
पक्राउ परेकाहरूमाथि जुवातास (निषेध) ऐन, २०२० बमोजिम कानुनी प्रक्रिया अघि बढाइएको छ।
घटनास्थल प्रहरी प्रभाग बुढानिलकण्ठबाट करिब चार किलोमिटर दक्षिणपूर्वमा रहेको बताइएको छ।











प्रतिक्रिया