काठमाडौँ।
हमासले बन्धक बनाएको अवस्थामा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै छ।
इजरायलबाट काठमाडौं हुँदै सोमबार बेलुका भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको उनको शवयात्रा बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भई महाकाली नदीको भुजेला घाट लगिने छ ।
राति अबेर घरमा शव पु¥याइएकाले आज बिहान महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गर्न लागिएको हो । विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।











प्रतिक्रिया