काठमाडौँ।
नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन्।
उनले आइतबार सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै आफ्नो राजीनामाको घोषणा गरेकी हुन्।
गंगाले पछिल्लो समयमा आफूविरुद्ध विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भ्रामक समाचार र चरित्र हत्या गर्ने अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।
उनले लेखेकी छन्, ‘म, बुवा (कमरेड प्रचण्ड)को सचिवालयमा भाइ प्रकाश दाहालको निधनपछि पार्टीको निर्णयअनुसार जिम्मेवारी लिएर आएकी थिएँ। मम्मी सीता दाहाल बिरामी हुनुहुन्थ्यो, त्यसैले हेरचाहसँगै सचिवालयमा रहेर सकेसम्म निस्वार्थ भावले काम गरेँ।’
उनले सचिवालयमा रहँदा सबैको भावना अनुरूप काम गर्न नसकिएको स्वीकार गर्दै आत्मआलोचना गरेकी छन्।











प्रतिक्रिया