पोखरा।
कास्की कारागारबाट केही दिनअघि फरार भएका एक कैदीले पोखरा–२६ स्थित आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार बिहान सो क्षेत्रका ३५ वर्षीय फरार कैदी (नाम गोप्य) आफ्नै कोठाभित्र पासो लगाइएका अवस्थामा मृत फेला परेका हुन् । केही दिनअघि उनी कास्की कारागारबाट फरार भएको पुष्टि भएको र त्यसयता प्रहरीको खोजी सूचीमा रहेका थिए ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका एक अधिकृतका अनुसार, घटनास्थलमा आत्महत्यासँग सम्बन्धित प्रमाण भेटिएको देखिए पनि थप अनुसन्धान जारी छ । प्रारम्भिक रूपमा यो घटना आत्महत्याकै रुपमा देखिएको भए पनि अन्य कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया