ललितपुर ।
भक्तपुरबाट चोरी गरी ल्याइएको मोटरसाइकलसहित दुई जना युवा ललितपुरमा पक्राउ परेका छन्। ललितपुर जिल्ला, बागमती गाउँपालिका–३ छपेलीस्थित चेकपोस्टमा आइतबार बिहान करिब ३ः३० बजे मोटरसाइकल जाँचका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्।
ललितपुर प्रहरीका अनुसार चेकजाँचका क्रममा प्रहरी टोलीले बा ५८ प ८३३७ नम्बरको निलो रंगको २२० सि.सी. क्षमताको मोटरसाइकल भेटाएको थियो। सो मोटरसाइकल भक्तपुर जिल्लाबाट चोरी गरिएको पुष्टि भएपछि दुवै सवारलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामध्ये मकवानपुर बागमती गाउँपालिका–८ केमिन्दो घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षीय सुवास मोक्तान र दाङ घर भई हाल भक्तपुर ठिमी बस्ने १७ वर्षीय सन्दीप बुढा रहेका छन्।
उनीहरूलाई प्रहरी चौकी भट्टेडाँडामा राखिएको छ। नियन्त्रण कार्य प्रहरी निरीक्षक टोपबहादुर वलीको कमाण्डमा चार जनाको प्रहरी टोलीले सम्पन्न गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।











प्रतिक्रिया