नवलपरासी।
जिल्लाकाे दमार – अरूणखाेला भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा परि स्थानीय एक युवकको शनिवार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मधु नेपालका अनुसार मृत्यु हुनेमा मध्यविन्दु १० करमघारी निवासी करिब २३ वर्षका युवक सुदीप बराल रहेका छन् ।
बरालसहित साेही ठाउका १९ वर्षीय सुवित थापा सवार ग प्र ०४-००१ प ४११३ नम्बरकाे मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा अनियन्त्रित भई सडक छेउकाे माटाेकाे ढिस्को हुँदै रूखमा ठाेक्किएर युवाहरू दुर्घटनामा परेका थिए ।
मोटरसाइकल दूर्घटना परि गंभीर घाइते भएका दुबै युवालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल ल्याइएका युवा मध्ये बराललाई राती सवा ८ बजे चिकित्सकले मृत घाेषणा गरेका थिए ।
साेही दुर्घटनाका अर्का घाइते थापाको भने बोल्न नसक्ने अवस्थामा प्रादेशिक अस्पताल डण्डामा उपचार भई रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया