काठमाडौँ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले स्वास्थ्य समस्याका कारण पदबाट राजीनामा दिएका छन्। शनिबार राति सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले वैद्यको राजीनामा स्वीकृत गर्दै वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नयाँ महासचिवको जिम्मेवारी सुम्पिएको नेता हुकुम सिंहले जानकारी दिए।
गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट वैद्य सर्वसम्मत रूपमा महासचिव चयन भएका थिए। लामो समयदेखि निमोनिया र दमबाट पीडित वैद्य जेठ महिनादेखि पटक–पटक अस्पताल भर्ना हुँदै आएका थिए।
किरणको अनुपस्थितिमा गजुरेलले कार्यवाहक महासचिवको भूमिका निर्वाह गर्दै आएका थिए। बैठकले अब औपचारिक रूपमा गजुरेललाई पार्टी नेतृत्वको जिम्मेवारी तोकेको हो।











प्रतिक्रिया