नवलपरासी।
पूर्व पश्चिम महेन्द्र रमजमार्गमा शनिबार बेलुका भएको सवारी दुर्घटनामा परी ३० वर्षीय युवतीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला लालवन्दी ४ निवासी अनिता चाैधरी रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।
प्रहरीका अनुसार पति ३४ वर्षीय माेटर साइकल चालक नरेश चाैधरी र १० वर्षका छाेरा अनुज चाैधरी चढेकाे प्रदेश ३-०२-०१० प ७२३० नम्बरकाे माेटरसाइकललाई जि जे १४ जेड ६४६५ नम्बरकाे भारतीय बसले ठक्कर दिएकाे थियाे ।
स्थानीय मध्यविन्दु नगरपालिका ७ चाेरमारा बजार नजिक उक्त सवारी दूर्घटना भएको र दुर्घटनामा परी गम्भीर घाइते भएका तीनै जनालाई उपचारार्थ स्थानीय मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकाेमा अनिता चाैधरीलाई बेलुका सवा चार बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइते माेटरसाइकल चालक नरेश चाैधरी कार्यदल बिभाग काठमाडौंमा प्र.स.ह. पदमा कार्यरत रहेको बुझिएको छ ।











प्रतिक्रिया